विराटनगरको फिल्ड अफिस हटाईने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 12:43:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले विराटनगरमा स्थापना गरेको दूतावसको फिल्ड अफिस हट्ने भएको छ । गत शनिबार नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा भारतीयले स्थापना गरेको दुताबासको फिल्ड अफिस हट्ने बताएका थिए । 

तर वैशाख २८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विराटनगरको फिल्ड अफिस हटाउने निर्णय प्रधानमन्त्री ओलीलाई जानकारी गराईसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रायलले फिल्ड अफिसको काम सकिएको र त्यहाँका सुरक्षाकर्मीहरूको स्थानान्तरण गरिएको जनाएको छ ।

२०६५ भदौमा विराटनगर महानगरपालिका १३ स्थित मलाया रोडमा झण्डा सहित भारतले फिल्ड अफिस खडा गरेको थियो । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि व्यवसायीको आग्रहमा व्यापार सहजीकरणका लागि भारतले अस्थायी कार्यालय खोलेको भएपनि १० वर्षसम्म सो अफिस हटेको थिएन । 

कोसीमा बाढीका बेला स्थापना भएको उक्त कार्यालय हटाउन सरकारले यसअघि पनि पहल गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएका बेला पत्र काटेरै दुतावासलाई फिल्ड अफिस हटाउन आग्रह गरेका थिए । तर त्यतिबेला भारतले फिल्ड अफिस हटाउन मानेको थिएन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved