सिन्धुलीमा नाकाबन्दी : मन्त्री महासेठ भन्छन्, ‘३ दिनमा समस्या समाधान गर्छु’

४ जिल्लाको जनजीवन कष्टकर बन्दै
निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 03:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बिपि राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) सडकखण्ड अन्तर्गतको खुर्कोट सिन्धुली क्षेत्रमा सरकारले १० टन जिबिडब्लु (GBW) क्षमता र १९ सिट भन्दा कम क्षमताका सवारी सञ्चालन गर्न परिपत्र गरेपछि रामेछापका व्यबसायीले यातायात मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । 

प्रदेश नं ३ का अर्थ तथा योजना मामिला मन्त्री कैलाश ढुङेल, संघिय सांसद श्यामकुमार श्रेष्ठ सहितको टोलीले भौतिक पुर्बधार तथा यातायात मन्त्री रघुबिर माहासेठलाई भेटेर समस्या समाधानमा तदरुकता देखाउन ध्यानाकर्षण गराएको छ । प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेल, दोलखा जिल्लाका प्रदेश सदस्य पशुपति चौलागाईं, पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेल, संघीय सांसद पार्बत गुरुङ, ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा र व्यबसायी नविन कार्कीले बैकल्पिक मार्ग नभएको अबस्थामा भएको सडक उपभोग गर्न नपाएपछि जनजीवन कष्टकर बन्दै गएको भन्दै मन्त्री महासेठलाई ध्यानाकर्षण गराएका छन् । रामेछाप, दोलखा र ओखलढुङ्गाका जनप्रतिनिधिसँगको भेटमा मन्त्री माहसेठले तीन दिनभित्र सबै पक्ष सम्मिलित बैठक बोलाइ समस्याको समाधान गर्ने आश्वासन दिएका छन् । 

सरकारी निर्देशन भन्दै सिन्धुली प्रशासनले मालबाहक गाडी चलाउन नदिएपछि दैनिक उपभोग्य सामानको ढुवानीमा समस्या परेको छ । सिन्धुली प्रशासनले तराईबाट दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु हिडेका गाडीलाई सिन्धुली माडीमै रोकी राखेको छ । नाकाबन्दीको झल्को दिने गरी सिन्धुलीमा गाडी रोकिदा छिमेकी जिल्लामा खाद्यान्न सहित दैनिक उपभोग्य सामानको अभाव भएको छ । 

तराईबाट आउने उपभोग्य सामान तथा निर्माण सामग्री रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्ला भित्रन पाएका छैनन् । यातायात व्यवस्था विभागले सडकको भारबहन क्षमता कमजोर भएको देखाउँदै ठूला गाडी सञ्चालनमा रोक लगाएको हो । 

यस अघि पनि विभिन्न समयमा सिन्धुली प्रशासनले विभागको आदेश भन्दै मालबाहक र ठूला सवारी प्रवेशमा रोक लगाउँदै आएको थियो । यसपटक भने विभागले नै त्यस्तो निर्देशन दिएपछि तराईसँग आश्रित भएर खाद्यान्न र निर्माण सामग्री ल्याउनुपर्ने बाध्यात्मक अबस्थामा रहेका रामेछाप सहितका ४ उत्तरी जिल्लाबासीको जनजीवन कष्टकर बनेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved