मन्त्री महासेठले खोले सिण्डिकेट हटाउने महानिर्देशकलाई मन्त्रालय बोलाउनुको कारण

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 04:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको दाबी गरेका छन् । उनले भने, ‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरि ल्याएको होईन, उहाँले यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।’ 

सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए । ‘सिण्डिकेट हटाउने एजेण्डा प्रधानमन्त्रीको वा रघुवीर महासेठको मात्रै होईन, यो त सरकारको एजेण्डा हो, हामीले त्यही गरेका छौं’ उनले भने । मन्त्री महासेठले भने, ‘हामीले कर्मचारीलाई भेदभाव गरेका छैनौं, उनीहरुको कार्य क्षमतालाई हेरेका छौं ।’ उनले थपे,‘म मन्त्रीमा बहाल भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको हुँ, विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको छ, अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित् गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाईएको छ, तर सरुवा भएको छैन् ।’ उनले नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको बताए । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु प्रचारमुखी नरहेको स्पष्ट पारेका छन् । मन्त्री महासेठले ५ वर्षभित्र दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गरेरै छाड्ने उघोष गरे । उनले भने,‘चाहे हाईडा«ेपावर होस्, वा भौतिक पूर्वाधारकै कुरा होस्, हामी सबै आयोजनाहरु पूरा गर्छौं, पैसाको अभाव छैन, सही अर्थमा काम गर्ने हो, जनताका सपनाहरु पूरा गर्छौं ।’ 

उनले पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved