दुतावासका कर्मचारी नै म्यानपावर व्यवसायमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 05:17:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियास्थित नेपाली दुतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रहेको पाईएको छ । दुतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एच आर सोलुसन प्रालि’ पिङ्गलास्थान–९ गौशला’ को कार्यकारी निर्देशक रहेको पाइएको हो । 

प्रधानले विभिन्न कम्पनीहरुमा पुगेर नेपाली कामदारको माग बुझ्ने र दुतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको पाईएको छ । मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग तीन हजार मलेसियन रिंगेट लिएर पासपोर्ट बनाउने धन्दामा समेत उनको संलनता देखिएको छ । 

दूतावासले यस विषयमा आवश्यक छानवीन गरिरहेको जनाएको छ । प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागको सवारी चलाउँछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved