मन्त्री पोखरेल र चिनिया राजदूत यू होङ् बिच भेटवार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 06:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनिया राजदूत यू होङ् बिच भेटवार्ता भएको छ । भेटको क्रममा उच्च शिक्षामा छात्रबृत्ती, समकक्षता, बिज्ञान र प्रविधीको प्रयोग लगायतका बिषयमा छलफल भएको छ । राजदूत होङ् संगको भेटमा मन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली बिद्यार्थीहरुको समयसिमा र एकरुपता कायम गर्दै अगाडी बढ्ने योजना रहेको बताए ।

विश्व बिद्यालयहरुमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रबृत्ति, भुकम्प पछीको बिद्यालय पुननिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनिया सहयोगको प्रसंसा गरे  ।

मन्त्री पाखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चिन भ्रमणबाट शिक्षा क्षेत्रको विकासको निम्ती महत्वपुर्ण सहयोगको अपेक्षा गरिएको मन्त्री पाखरेलले बताए ।

मन्त्री पोखरेलसंगको भेटमा राजदूत होङ्ले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती चिनिया सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चिन सरकार सधैं सहयोग गर्न तयार रहेको बताउँदैं राजदूत होङ्ले दुई देशबिचको सम्बन्ध सुदृढ र मजबुत रहेको उल्लेख गरिन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved