अर्थमन्त्री खतिवडाको शेयरबजारमा शुन्य लगानी, कुन सहकारीमा कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 23, 2018 | 12:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

पुंजीबजार प्रति अनुदार भनिएका अर्थमन्त्री युवराज खतिवडाको बैंक तथा वित्तीय संस्थामा कुनै शेयर नभएको खुलेको छ । मन्त्री खतिवडाले सार्बजनिक गरेको सम्पति विवरण अनुसार उनीसंग नेप्सेमा सुचिकृत कुनै पनि कम्पनीको शेयर छैन 

सहकारीको विकासमा जोड दिने मन्त्री खतिवडासंग सहकारीको संस्थापक शेयर भने रहेको छ । उनीसंग २ सहकारीको गरी कुल ५ हजार ५० कित्ता संस्थापक शेयर छ । खतिवडासंग आफ्नो नाममा सावल सहकारीको ५ हजार कित्ता र पत्नी कमला खतिवडाको नाममा दुर्गा भवानी सहकारीको ५० कित्ता शेयर छ । यी २ सहकारीमा खतिवडा दम्पतिको गरी कुल ४५ लाख बचत समेत रहेको छ 

मन्त्री खतिवडासंग नबिल बैंकमा १० हजार ७ सय ३ डलर र सानिमा बैंकमा ५२ हजार डलर बचत रहेको छ । उनीसंग १० तोला सुन र १ किलो चाँदी पनि रहेको छ। मन्त्री खतिवडाले आफु संग १ रंगिन टिभी, २ मोबाइल, १ कार तथा बहुमुल्य पदकहरु पनि रहेको उल्लेख गरेका छन्।  

हेर्नुस मन्त्री खतिवडाको सम्पति विवरण । 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved