गृहमन्त्रीको सम्पत्ति : २ वटा कुकुर !

निरोज कुमार थापा

निरोज कुमार थापा

May 23, 2018 | 02:19:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएका सम्पत्ति विवरण हेर्दा अचम्मित तुल्याएको छ । वर्षौ देखी सांसद र मन्त्री भएकाहरुको सम्पत्ति हेर्दा यति धेरै सर्वहारा नेताहरुले पूजिँको प्रतिस्पर्धा हुने चुनावमा कसरी निर्वाचन जिते भन्ने लाग्छ । 

गृहमन्त्री रामबहादुर थापाले सम्पत्ति विवरण सार्वजनिक गरेको फारममा उनको सम्पत्ति एभरेष्ट बैंकको खतामा २० हजार मात्र भएको जनाईएको छ । यो पैसा उनले २०६४ देखी ०६८ सम्म सभासद हुँदा कमाएको भनेका छन् । अझ अचम्मको कुरो के छ भने उनको त्यो खाता पनि बन्द गरिएको जानकारी सोही फारममा गराइएको छ । बादलको स्वकीय सचिवालयका सदस्य बिरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने ३ लाख ६० हजार एक सय ९३ रुपैयाँ रहेको छ ।

बादलले अन्य सम्पत्ति सबै श्रीमतीकै नाममा देखाएका छन् । शेयर, सुन, घरजग्गा लगायतका सबै सम्पत्ति माइतीपक्षबाट दाइजो आएको वा विदेशबाट भाइ बहिनीले उपहार पठाएको उल्लेख छ । गृहमन्त्री बादलले पशुधनको विवरणमा भने दुई कुकुर ढुक्कसाथ लेखेका छन् । यी कुकुरको खरिद मूल्य छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved