विवाहको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने, तोकिएको भन्दा बढी सुन दिए ३ महिना जेल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 12:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामाजिक व्यवहारमा भड्किलो प्रदशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानुन ल्याउने तयारि गरेको छ। 

गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा बेहुला पक्षले बेहुली पक्षलाई ४० र बेहुली पक्षले बेहुला पक्षलाई २० ग्राम भन्दा बढी सुन दिन नमिल्ने उल्लेख छ। तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुने कानुन बन्ने भएको छ। दाइजो, जन्ती र भड्किलो भोजभतेरले सामाजिक व्यवहारमा नकरात्मक प्रभाब पारेको भन्दै गृहले नयाँ ऐन ल्याउने तयारी गरेको हो।

उक्त ऐन लागू भएपछी विवाहमा आउने जन्तीको सङ्ख्या र जन्तीले दिने उपहारमा समेत कडाई हुनेछ। विवाहमा बोलाइएकाले बेहुला-बेहुलीलाई प्रति व्यक्ति पांच सय रुपैयाँ भन्दा बढीको उपहार दिन नपाउने विधयेकमा व्यवस्था गरिएको छ।

त्यस्तै ऐन लागू भएपछी विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ भने बेहुला पक्षबाट २५ र बेहुली पक्षबाट ३५ जना मात्र जन्ती जान पाउनेछन। तोकिएको भन्दा बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। तर सार्वजनिक पद धारण गरेको व्यक्तिबाट उक्त व्यवस्थाको उल्लङ्घन भएमा थप २५ प्रतिशत सजाय हुनेछ। 

विवाहमा मितव्ययिता कायम गर्नका लागि विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ। मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालय पठाइएको छ। कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केहि दिनमा नै संसदमा पेश गर्ने मन्त्रालयको तयारी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved