सय दिनमा सरकारका १२ विसंगति : कांग्रेस (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 02:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै पूर्वघोषणा बमोजिम सरकारका राम्रा कामलाई सहयोग गर्ने तर सधैं खबरदारी गरिरहने उल्लेख गरेका छन् । भिडियो सन्देशमा संसद्को शपथ नखाई प्रधानमन्त्री हुन मिल्छ भनि प्रश्न गरिएको छ । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सय दिनमा १२ विसंगति औल्याएको छ। नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले एक भिडियो संदेश जारि गर्दै ओली नेतृत्त्वको सरकारबाट भए गरेका कामको टिप्पणी गरेका हुन। 

प्रवक्ता शर्माले जारि गरेको भिडियो संदेशमा सरकारले गरेका राम्रा कामलाई सहयोग गर्ने तर सधैं खबरदारी गरिरहने उल्लेख छ। जनताबाट बहुमत पाएको सरकारले गर्नु पर्ने र गर्न सक्ने काम नगरेको भन्दै शर्माले सरकारको १०० दिने कामको कडा टिप्पणी गरेका छन। 

सरकारको जग नै गलत तरिकाले बसेको देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहंदा प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र राष्ट्रबाद छताछुल्ल भएकोसम्मका टिप्पणी भिडियो संदेशमा उल्लेख छ। शर्माले 'संसद्को शपथ नखाई प्रधानमन्त्री हुन मिल्छ ?' भनि सरकारलाई प्रश्न गरेका छन।

अती शक्तिले अति भ्रष्ट बनाउछ भन्ने मान्यतालाई ओली सरकारको कामले पुष्टि गरेको शर्माको भनाई छ। देश संघियतामा गईसकेको अवस्थामा समेत राजश्व अनुसन्धान, सम्पति शुद्दिकरण लगायतका निकायलाई आफ्नै मातहतमा राख्नने ओली सरकारको विसंगति तर्फको कदम भएको भिडियो संदेशमा उल्लेख छ।   

हेर्नुस भिडियो :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved