ट्रम्प र किम जोङ वार्ता स्थगितको सोझो प्रभाव नेपालमा

सुनको भाउ चुलियो
निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2018 | 02:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ । केही दिन अघिदेखी बढ्न थालेको सुनको भाउ आज पनि रोकिएन । आज छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहँदा तेजावी सुन ५८ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

नेपालमा सुनको भाउ बढ्नुमा अन्तराष्ट्रिय बजारको प्रभाव ७५ प्रतिशत र नेपाल भारतबीचको व्यापारीक अबस्थाको प्रभाव २५ प्रतिशत हुने गरेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढिरहेको कारण सुनको भाउ बढेको बताउँछन् । सामान्यतय सुन र डलर विपरीत हुने गरेपनि नेपाली बजार भारतीय बजारसँग निर्भर रहेकाले नेपालमा सुनको भाउ बढ्नुमा डरल घट्नु वा बढ्नुले खासै अर्थ राख्दैन । 

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य डलरको तुलनामा भारतीय मुद्रा (IC) कमजोर रहेकोले नेपालमा सुनको भाउ बढेको बताउँछन् । अहिले अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको र भारु निरन्तर घटिरहेकाले सुनको खरिद मूल्यमा भार पर्न गएको उनको तर्क छ । नेपाली मुद्रा र भारतीय रुपियाँको निश्चित दर छ । १ सय भारु बराबर नेपाली १ सय ६० रुपैयाँ । अहिले अन्तराष्ट्रिय बजारमा क्ष्ऋ १ डलरको मूल्य ६८ रुपैयाँ छ तर १ अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ ५० पैसा छ । “केही दिन अघिसम्म सय, १ सय २ मा किनिरहेको सुन अहिले १ सय ९ मा किन्नुपरेपछि खरिद मूल्य बढ्यो, त्यसैले भाउ पनि बढ्यो, निरन्तर बढ्दैछ” उनले भने । सुन उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ मध्ये तेल महत्वपूर्ण कच्चा पदार्थ हो । केही दिन अघि निरन्तर तेलको भाउ बढेको कारण सुनको उत्पादन मूल्य बढ्न गएकाले भाउ पनि बढेको उनी बताउँछन् । 

कुनै २ देशबीचको राजनीतिक द्वन्दको कारणले पनि अन्तराष्ट्रिय अर्थतन्त्रमा ठूलो रोल खेलेको हुन्छ । २ देशबीच व्यापारीक वा राजनीतिक द्वन्द भयो भने डलर कमजोर हुन्छ । हिजोको इतिहासले पनि द्वन्द भयो भने डलर कमजोर र सुनको भाउ बढेको देखाएको छ । जस्तै : भियतनाम वार, गल्फ वार आदि । 

सुनको भाउ बढ्नुको अर्को ठूलो कारण भनेको अमेरिका र इरानबीचको वर्तमान असमझदारी हो । अमेरिका र इरानबीचको आणविक सम्झौता तोडिएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी लगाएको छ । “यस्तो अबस्थामा अन्तराष्ट्रिय लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित गर्न अन्यत्र भएका लागनी झिकेर सुनमा लगानी गर्छन् । उनहिरुले सुनमा गरेको लगानी सुरक्षित हुने महसुश गर्छन् र फलस्वरुप सुनको भाउ बढ्छ” शाक्यले भने । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको वार्ता पनि अन्तिममा आएर स्थगित भयो । दुई देशबीच वार्ता हुने र एउटा निकासमा पुग्छ भन्ने विश्वास लिएर हौसिएका अन्तराष्ट्रिय लगानीकर्ताहरु वार्ता स्थगित भएपछि निराश भएका छन् । यसको कारणले पनि अन्तराष्ट्रि बजारमा डलर कमजोर हुने संकेत देखिएको छ । फलतः सुनको भाउ बढ्नेछ । 

महासंघका पूर्व अध्यक्ष शाक्यका अनुसार अन्तराष्ट्रि राजनीति र बजारमा देखिने यस्ता उतारचढाव जारी रहे अझै केही दिन सुनको भाउ निरन्तर उकालो लाग्नेछ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved