किन बढ्दै छ देशभरको तापक्रम ? गर्मी अझै बढ्ने मौसमविदको भनाई

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 01:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी मौसम सुरु भएसँगै तापक्रम दिनानोदिन बढिरहेको छ । राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरमा तापक्रम बढेसँगै चिसो पेय पदार्थको माग र व्यापार बढेको छ । ग्रिस्म ऋतु सुरु भएसँगै तापक्रममा आएको वृद्धिको कारण मानिसको जनजीवन पनि फेरिएको छ । तराईका जिल्लाहरुमा यतिबेला जनजीवन कष्टकर भएको छ । 

यसवर्ष लामो वर्षाको सम्भावना नरहेकोले ज्यादा सुख्खा भएको कारण अचानक तापक्रम बढेको बताउँछिन् मौसमविद शान्ति कँडेल । यो वर्ष पूर्वमा भन्दा पश्चिममा तापक्रम ज्यादा रहेको मौसमविदहरु बताउँछन् । वर्षको सुरुवातमा वर्षात् भयो र गर्मी नबढेको जस्तो अनुभव भएपनि केही दिनदेखी मनसुन बद्लिदो अबस्थामा नरहेकोले एक्कासी गर्मी बढेको उनीहरुको भनाई छ । गर्मी बढ्नु सामान्य प्रक्रिया भएपनि यसले धेरै क्षेत्रहरुमा प्रभाव पार्छ । कृषि र मानव स्वास्थ्यमा गर्मीले निकै समस्या पार्ने उनीहरुको तर्क छ । मनसुन बदली नहुँदा वर्षात् नहुने र फलस्वरुप सुख्खा हुने भएकाले स्वभावैले कृषि उत्पादनमा ह्रास आउँछ । मौसमविद कँडेल सामान्यतय जुन महिनासम्म तापक्रम बढ्ने बताउँछिन् । त्यसपछिका दिनहरुमा तापक्रम घट्दो क्रममा हुने र जुनसम्म घट्ने सम्भावना न्यून हुने उनको भनाई छ । उनले स्पष्ट पार्दै भनिन् “अहिले लामो वर्षात्को सम्भावना देखिदैन, त्यसकारण केही दिनदेखी तापक्रम बढेको छ । सामान्यतय जुन सम्म तापक्रम बढ्ने प्रक्रिया चल्छ, यसको मतलब जुनभन्दा अगाडी सधैभरी बढिरहन्छ भन्ने होईन, मनसुन बद्लियो भने १/२ डिग्री कम पनि हुन सक्छ ।”

यसपाली जेठको दोस्रो हप्तामा नै काठमाडौँको तापक्रम ३१.५ डिग्रि सेल्सियस पुग्यो । जुन यो वर्षकै उच्च हो । काठमाडौँमा गतसाल ३२ डिग्रि सेल्सियस सम्म तापक्रम मापान गरिएको थियो । देशका गर्मी ज्यादै भेगहरुको तापक्रम अहिले ३५ डिग्रीभन्दा माथि छ । सन् १९८९ मे ७ मा काठमाडौँमा ३६.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जुन काठमाडौँको अहिलेसम्मकै उच्च तापक्रम हो । 

आज आईतबार तापक्रम मापन भएका जिल्लाहरुमा धेरै जिल्लाको तापक्रम ३० डिग्री भन्दा बढी छ । तापक्रम मापन भएका जिल्लाहरु, त्यस क्षेत्रको उच्चतम÷न्यूनतम तापक्रम र गएको २४ घण्टामा भएको वर्षात्को अबस्थालाई यसरी देखाईएको छ :

Station

Maximum Temp.*
(°C)

Minimum Temp.
(°C)

24 hrs Rainfall
(mm)

Dipayal

39.0

19.4

0.0

Dadeldhura

29.1

17.7

0.0

Dhangadi

41.2

24.2

0.0

Birendranagar

36.6

20.9

0.0

Nepalgunj

42.2

-

-

Jumla

28.2

10.7

0.0

Dang

37.4

23.2

0.0

Pokhara

32.1

19.5

49.0

Bhairahawa

36.3

25.5

0.0

Simara

35.5

26.0

0.0

Kathmandu

31.5

18.5

0.0

Okhaldhunga

27.5

18.0

Traces

Taplejung

26.7

17.0

23.0

Dhankuta

28.6

20.0

0.0

Biratnagar

31.8

25.3

6.0

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved