नेकपाद्वारा २ नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 03:41:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारले संघीय सरकारको अपेक्षा अनुसार काम नगरेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो । 

आइतबार बसेको प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठकमा प्रदेश नम्बर २ का तत्कालिन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले १ सय दिनमा सरकारले सोचेजस्तो काम नगरेको भन्दै समर्थन फिर्ता लिएको बताए । सरकार आफुखुशी चलेको नेकपाको आरोप छ । 

अब के हुन्छ ?

नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रदेश सरकार अझै बहुमतमा छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपाका गरि ५४ जना सांसद छन् । एकजना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् । सरकार गठन गर्न ठ्याक्कै ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । 

यस अघि कांग्रेस बाहेक सबै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेको भएपनि अब नेकपा र काँंग्रेस प्रतिपक्षि भएका छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved