गोरे जेल चलान, सुन तस्करीमा उच्च तहका नेता र प्रहरी संलग्न भएको बयान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 05:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आइतबार गोरेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत मंगलवार काठमाडौंबाट पक्राउ परेका गोरे  अदालतको आदेश संगै आइतवार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । अदालतले बुधबारबाट गोरेको बयान लिन थालेको थियो  । आइतवार बयान सकिएसँगै भएको थुनछेक बहसपछि गोरेलाई जेल चलान गर्ने आदेश भएको हो । 

 गोरेसँग जिल्ला अदालत मोरङका न्यायाधीश शर्माको इजलासमा ३७ पृष्ठ लामो बयान लिइएको छ। बयानका क्रममा गोरेले आफूले सनम शाक्यको हत्या नगरेको दाबीगरेका छन् । त्यस्तै उनले सुन तस्करीमा उच्च तहका प्रहरी अधिकृत र राजनीतिक दलका उच्च तहका नेताहरु संलग्न भएको बयान दिएका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved