कर्मचारीलाई स्वेच्छिक अवकाश फिर्ता लिने अवसर, मन्त्रिपरिषदको बैठकले गर्यो थप ७ महत्त्वपूर्ण निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 27, 2018 | 10:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वेच्छिक अवकाशमा गएका कर्मचारीले निबेदन फिर्ता लिन चाहेमा फिर्ता लिन अनुमति दिने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाले बताएका छन। 

मन्त्री बास्कोटाले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार मन्त्रिपरिषद्को बैठकले गरेका अन्य निर्णयहरु यस्ता छन: 

-सरकारको २०७५/७६ को नीति तथा कार्यक्रम पारित भएकोमा र सहयोग गर्ने सबै माननीय सांसदहरुलाई धन्यवाद दिने निर्णय।

-प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय।

-नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको श्रम समझदारी पत्र नविकरण गर्ने निर्णय।

-श्रम नियमावली २०७५ स्वीकृत गर्ने निर्णय।

-२०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थानमा गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय।

-शिक्षाको अधिकार सम्बन्धि विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्दान्तिक सहमति दिने निर्णय।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved