उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा तिवारी नियुक्त

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 02:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । उनलाई जेष्ठ ९ गते नै उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रको समेत अनुभव भएका उनी नेपाल व्यवसाय मंच (Nepal Business Forum-NBF) मा सल्लाहकार⁄परामर्शदाताको रूपमा रहेका थिए । 

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका विभिन्न प्रतिष्ठित संघ÷संस्थाहरूमा आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तु र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी (Investment Climate in Nepal) विषयमा विद्याबारिधी गर्ने तयारीमा छन् । उनी नेपालको एक मात्र अर्थशास्त्रीहरूको संस्था नेपाल आर्थिक संघका महासचिव समेत हुन् । 

विभिन्न अन्तर्राष्ट्रिय सभा, सेमिनार र बैठकहरूमा समेत भाग लिई नेपालको आर्थिक व्यावसायिक विषयमा प्रतिनिधित्व गरिसकेका नवनियुक्त निमित्त महानिर्देशक तिवारीको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने महासंघको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved