नेकपा अन्डरलाइन दल दर्ता गर्न आवश्यक कागजात आयोगमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 28, 2018 | 06:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात आज निर्वाचन आयोगमा बुझाएको छ । 

नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा आज निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको हस्ताक्षर र कागजात बुझाएको हो । नेता नेम्वाङले दल दर्ता गर्न पार्टीका सदस्यको हस्ताक्षरसहित आवश्यक कागजात बुझाएर प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते पार्टी एकताको घोषणा गरी आयोगमा दल दर्ता गर्न निवेदन दिइएको थियो । सो नामबाट पहिला नै ऋषि कट्टेल अध्यक्ष रहेको दल दर्ता भएको हुँदा नयाँ दर्ता गर्नका  निवेदनमा नेकपामा अधोरेखा(अन्डरलाइन) बुझाइएको थियो ।  आयोगले प्रक्रिया पूरा भएपछि दल दर्ता भएको सूचना प्रकाशन गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved