रिहा भएपछि ढुंगेलको प्रश्न 'संकटकालमा दिनेश त्रिपाठीहरु कसको जुत्ता चाट्दै थिए' (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 08:14:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् । सरकारले गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद सजाय माफी मिनाह गर्दै कारागारमुक्त गरेको हो  । 

 कारागार व्यवस्था विभागले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि, २०७१ का आधारमा ढुंगेल रिहा गरेको हो नियमावली अनुसार सजायको ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको हकमा राम्रो चालचलन र आचरण भएका कैदीलाई माफी दिन सकिने उल्लेख छ ।

ओखलढुंगाका एमाले कार्यकर्ता उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतको सर्वश्वसहित जन्मकैदको फैसला अनुरुप ढुंगेललाई पक्राउ गरी जेलमा राखिएको थियो । हत्या प्रकरणमा उनी द्वन्द्वकालमै साढे सात वर्ष जेल बसिसकेका थिए ।

सर्वश्वसहित जन्म कैद तोक्ने गरी ओखलढुंगा जिल्ला अदालतबाट भएको फैसलालाई उल्टाउँदै तत्कालिन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि उनी बीचमा छुटेका थिए । सरकारको पुनरावेदन अनुरुप सर्वोच्चबाट सुरु जिल्ला अदादलतको फैसला सदर गर्दै कैद सजाय भएपछि फैसला कार्यान्वयनका क्रममा ढुंगेल समातिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत कात्तिक १४ गते ढुंगेललाई ललितपुर महालक्ष्मीस्थानबाट पक्राउ गरेको थियो । जन्म कैद सजाय अधिकतम २० वर्ष हुने मुलुकी ऐनको प्रावधान छ । यसअघिको साढे सात वर्ष जेल र पक्राउपछि ६ महिना जेल भुक्तान भइसकेकाले ढुंगेलको गत वैशाखमै ८ वर्ष कैद भुक्तान भइसकेको छ । २० वर्षको ४० प्रतिशत हिसाब गर्दा ८ वर्ष हुन आउँछ ।

 सर्वोच्च अदालतले सोमबार मात्र  ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको थियो । न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा  बहस नसकिएकाले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि मंगलबार लागि पेशी तोकीएको हो  । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दिएका थिए ।

रिहा हुदै गर्दा ढुंगेलले त्रिपाठीलाई प्रश्न गर्दै 'संकटकालको बेला त्रिपाठी कसको जुत्ता चाट्दै थिए भनी प्रश्न गरेका छन्' ।

हेर्नुस भिडियो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved