डडेल्धुरामा जीप दुर्घटना : ४ जनाको मृत्यु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 01:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेल्धुरामा जिप दुर्घटना हुँदा वडा अध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।  डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा मंगलबार भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल सिलगढी नगरपालिका४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका २ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरीले जनाएको छ । 

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो र एकजनाको अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको हो । 

घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन् । घाइते मध्ये गम्भीर तीन जनालाई धनगढी पठाईएको र अन्य चार जनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved