सबै सामुदायीक विद्यालयमा द्रुत गतीको इन्टरनेट, २ बर्षमा साक्षर नेपाल घोषणा हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 03:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी २ बर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्

साथै विद्यालय जाने सबै वालबालिकालाई भर्ना गराइने , ५ कक्षासम्मका विद्यार्थीलाई पौष्टिक खाजा उपलब्ध गराइने, शिक्षा शंकायका विद्यार्थीलाई सामुदायीक विद्यालयमा अनिवार्य इन्ट्रन गर्नु पर्ने र सबै सामुदायीक विद्यालयमा द्रुत गतीको इन्टरनेट पुर्याइने भएको छ

शिक्षक दरबन्दी पुनर्संरचना गरिने र उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न धितोपत्रको आधारमा ५ प्रतिशतसम्म व्याज अनुदानमा ७ लाखसम्म ऋण उपलब्ध गराइने भएको छ

साथै सरकारले सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याउने र सम्पूर्ण बालबालिकालाई विद्यालय लग‌ौं, ल्याउँ, टिकाउ र सकाउँ अभियान सञ्चालन गर्ने भएको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved