बजेटको आकार १३ खर्व १५ अर्व, सरकारी कर्मचारीको भत्ता बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 04:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री युवराज खतिवडाले १३ खर्व १५ अर्वको बजेट सार्बजनिक गरेका छन् । 

सरकारले सरकारी कर्मचारीको तलब पुनरावलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट सार्बजनिक गर्दै यस्तो घोषणा गरेका हुन्  ।  सरकारले कर्मचारी र शिक्षकको पोसाक भत्तामा बृद्धि गरेर १० हजार पुर्याएको छ।  त्यस्तै कर्मचारीको महंगी भत्ता २ हजारले बढेको छ ।  कैदीको सिदा खर्च ४५ बाट ६० रुपैयाँ पुर्याइएको छ  ।  

त्यस्तै  सरकारी कर्मचारीको ५० प्रतिशत बिमा रकम सरकारले बेहोर्ने भएको छ 

सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा नबढाउने भएको छ । सरकारले नयाँ बजेटमार्फत समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा गरेको छ । 

७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने भएको छ । सरकारले बजेटमार्फत अब समाजिक सुरक्षा कार्यक्रमलाई योगदानमा आधारित बनाउँ बनाउने घोषणा गरेको छ ।  अब दोहोरो समाजिक सुरक्षा हटाउने घोषणाा बजेटले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved