बजेटले साना किसान सहकारीको ऋण मिनाहा गरेको होइन, यस्तो छ यथार्थ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 30, 2018 | 12:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान बैंकका प्रवन्धक झलेन्द्र भट्टराईले बजेट मार्फत हुने भनिएको ऋण मिनाहाबारे भ्रममा नपर्न आग्रह गरेका छन् 

मंगलबार सरकारकोको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ७८ नम्बर बुंदामा 'साना किसानहरूले तत्कालिन साझा सहकारी संस्थाहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरेको' घोषणा गरेका थिए । यसपछि धेरै संचार माध्यमहरुले साना किसान सकारीको ऋण मिनाहा भएको भन्दै समाचार सम्प्रेषण गरेका थिए । तर प्रवन्धक भट्टराईले साना किसान सहकारीको ऋण मिनाहा भएको नभई साझा सहकारी ऋण मिनाहा भएको स्पष्ट पारेका हुन्  

उनका अनुसार साझा सहकारी भनेका बि.स. २०४८ साल भन्दा अघि श्री ५ को सरकारले खोलेका सहकारी हो। यी प्राय बन्द भईसकेका र केहीमा मात्र ऋण बाकी भएको उनको भनाई छ । उनको बुझाईमा यस्ता मृतप्राय: संस्थाहरुको ज्यादै पुरानो ऋणलाई हिसाबबाट हटाउन मिनाहा गरिएको हो ।

साथै उनले साना किसान सकारीको ऋण मिनाहा नभएकोले भ्रममा नपर्न साना किसान सहकारी परिवारलाई अनुरोध छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved