सवारी महँगो हुने: ९ सय प्रतिशतसम्म बढ्यो बाइकको कर, गाडीमा शतप्रतिशतसम्म अन्तशुल्क

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 30, 2018 | 01:33:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सवारीसाधनमा लाग्दै आएको सडक निर्माण दस्तुर ९ सय प्रतिशतसम्म बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार नयाँ आर्थिक बर्षको बजेट पेश गर्दै नयाँ दर सार्बजनिक गरेका छन् । जस अनुसार ४ सय १ सीसी वा सो भन्दा बढी सिसिका बाइकमा सडक निर्माण दस्तुर २० हजारबाट बढाएर २ लाख पुर्याईएको छ । यो ९ सय प्रतिशतले बढी हो ।

 माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रकमिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरमा मूल्यको ७ प्रतिशत दस्तुर लाग्ने छ । २००० सि.सि. सम्मका कार, जीप, भ्यानमा मूल्यको ८ प्रतिशत दस्तुर  र  २००० सि.सि. भन्दा माथिका कार, जीप, भ्यानमा मूल्य १० प्रतिशत दस्तुर लाग्ने छ । यस अघि भने कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रकमिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपर सबैमा मुल्यको ७ प्रतिशत दस्तुर तिर्नु पर्ने थियो ।

त्यस्तै मोटरसाइकलतर्फ  प्रति थान  १५० सि.सि. सम्मको रु. १५,०००,  १५१ देखि २५० सि.सि. सम्मको रु. १८,०००, २५१ देखि ४०० सि.सि. सम्मको रु. ५०,०००,  ४०१ सि.सि. र सोदेखि माथि रु. २,००,००० तिर्नु पर्ने छ । यस अघि १२५ सि.सि. सम्मको रु. १०,०००, १२६ देखि २५० सि.सि. सम्मको रु. १२,०००,  २५१ देखि ४०० सि.सि. सम्मको रु. १५,००० र ४०१ सि.सि. र सोदेखि माथि रु. २०,००० तिर्नु पर्ने थियो ।

त्यस्तै सरकारले सवारी साधनको अन्तशुल्कमा पनि वृद्धि गरेको छ। १००० देखि १५०० सीसी सम्मका गाडीको अन्तशुल्क ६० प्रतिशतबाट बढेर ६५ प्रतिशत पुगेको छ । त्यस्तै १५ सयदेखि २००० सीसीसम्मका गाडीमा ७० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ भने २००० सीसीदेखि २५ सय सीसीसम्मका सवारीलाई ८० प्रतिशत अन्तशुल्क लाग्ने छ ।  २५ सय सीसीदेखि ३ हजार सीसीसम्मका सवारीमा ९० प्रशितक अन्तशुल्क लाग्नेछ भने ३००० सीसीभन्दा माथिका गाडीमा अब सय प्रतिशतसम्म अन्तशुल्क लाग्नेछ।

हजार सीसीसम्मका गाडीमा यसअघिकै ६० प्रतिशत अन्तशुल्क कायमै छ । 

यस्तै १५० सीसीसम्मका बाइकको अन्तशुल्क कायम छ भने १५० सीसीदेखि २५० सीसीसम्मका बाइकमा लाग्ने अन्तशुल्कमा १० प्रतिशत वृद्धि भएको छ । यस अघि १५० सीसीदेखि २५० सीसीसम्मको बाइकमा ४० प्रतिशत अन्तशुल्क लाग्नेमा अब ५० प्रतिशत लाग्ने छ ।   त्योभन्दा माथिको क्षमताका बाइकमा ६० प्रतिशत अन्तशुल्क लाग्नेछ ।

सडक निर्माण दस्तुर र अन्तशुल्क बढेपछि यी सवारीको मूल्य बढ्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved