ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई हटाईने प्रधानमन्त्रीको चेतावनी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 03:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उनले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए । 

‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं, बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रम र एजेण्डा आउँछ’ उनले भने । ‘६ महिना सम्म मन्त्री जीहरुले सहयोगीको सहयोग लिन सक्नुहुन्छ, ६ महिना पछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटव लिएर जानु भनेर बिदा गरिन्छ’ प्रधानमन्त्रीले भने । 

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंगो देशलाई प्रविधि युक्त बनाउने सरकारको लक्ष्य रहेको भन्दै शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन आग्रह गरे ।‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ, कमाण्ड छैन भने कमाण्ड गर्न सक्ने हुनुहोस,’ उनले भने । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो ।

‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ, पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ’ उनले भने । विद्यार्थीलाई आधुनिक, प्रतिस्पर्धी, गुणात्मक, उत्पादनमुखि शिक्षा दिनसक्नु पर्नेमा उनले जोड दिए । शिक्षण संस्थाहरुमा योजना बिना नै पढाई भइरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । ‘वर्षभरि बालबालिकालाई पढाएर तँ फेल भईस, अयोग्य भईस, अनुत्तिर्ण भईस् भनेर असफलताको बिल्ला भिराईन्छ, विद्यार्थी फेल भएका हैनन, राज्य फेल भएको हो, हाम्रो शिक्षा प्रणाली फेल भएको हो’ उनले भने । बालबालिकालाई अनुत्तिर्ण बनाउनु अपराध हो भन्दै उनले कुनै एउटा विषय नजान्दैमा कुनै पनि बालबालिका असफल नहुने टिप्पणी गरे ।

सरकारका अगाडि असिमित बाध्यता रहेको भन्दै प्रधानमन्त्रीले नागरिकको चाहाना अनुसार बजेट ल्याउन नसकेको स्वीकार गरे । ‘सरकारको यात्रा समाजवाद हो, निरपेक्ष गरिबीको रेखामुनी रहेका जनताको भोको पेट र नाङ्गो आङ ढाक्ने काम पहिले गरिन्छ, प्रतिव्यक्ति आयको कुरा पछि गरुलाँ’ उनले भने । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा छुट्टाएको बजेट अधिकत्तम प्राविधिक शिक्षामा खर्च गर्न लागिपर्ने बताए । ‘शिक्षामा प्रतिबद्धता गरे अनुसार बजेट छुट्टयाउन नसकेपनि शिक्षा क्षेत्रमा बजेट घट्ने क्रम यो अन्तिम हो,’ उनले भने । मन्त्री पोखरेलले शिक्षक अस्पताल खोल्न सरकारले प्राथमिकता दिने पनि बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved