बजेटमा समाबेश भएको १ लाइनले नै संगीतकर्मी उत्साहित

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 04:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेटमा श्रष्टाहरुको बारे केवल १ लाइन छ । बजेटमा श्रष्टाहरुको सिर्जनाको उचित्त कदर गर्न प्रतिलिपि अधिकार संरक्षण गर्न कानुनी तथा व्यबस्थापकीय सुधार गरिने उल्लेख छ । तर यहि १ लाइनले श्रष्टाहरु उत्साहित भएका छन् ।

सरकारले समयसापेक्ष श्रष्टाहरुको विषय पनि बजेटमा नै सार्वजनिक गर्नु स्वागत योग्य भएको संगीत रोयल्टी सङ्कलन समाज नेपालको बुझाई छ । समाजका अध्यक्ष शुरेसचन्द्र अधिकारी बजेट बक्तव्यमा आएको कुरा अहिलेको आबश्यकता अनुसार आएको बताउँछन् । “श्रष्टाहरुको संगठनलाई, संस्थालाई यति बजेट दियो, उति बजेट दियो भन्नु नै ठूलो कुरो होईन । अहिले श्रष्टाहरुको माग अनुसार नै वक्तव्य आएको छ, छोटकरीमा एउटै बुदाले सम्बोधन गरेको छ” उनले भने । श्रष्टाहरुसँग हुने क्षमता बौद्धिक सम्पत्ति भन्दै उनले राज्यले कानुन बनाईदिए मात्रै पुग्ने बताए । अध्यक्ष अधिकारीले श्रष्टाले अब कानुनी अधिकार मात्रै पाउनुपर्ने भन्दै यस बाहेकका सबै अधिकार श्रष्टा स्वयम्लाई नै दिएको बताए ।

प्रस्तोता समाज नेपाल पनि बजेट वक्तव्यमै श्रष्टाहरुको कुरा आउनु आफूहरुको लागी निकै हर्षको विषय भएको बताउँछ । समाजका अध्यक्ष तुलसी पराजुली बजेटले आफूहरुका माग सम्बोधन गरेको बताउँछन् । प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्वयनमा देखिएका देखिएका जटिलता समाधान गर्दै सरकारले ल्याएको वक्तव्यका आधारमा आवश्यकता अनुसार श्रष्टाको हितमा कानुन बनाउनुपर्ने उनको भनाई छ । प्रतिलिपी अधिकार विश्वव्यापी मान्यता हो ।

कति छन् श्रष्टाका संस्था ?

श्रष्टाको हितमा भन्दै दर्जन बढी संस्था दर्ता भएका छन् । नेपाल प्रतिलिपि अधिकार संरक्षण समाज, नेपाल संगीत उद्योग संघ, नेपाल संगीत परिषद, नेपाल सांगीतिक संघ लगायतका धेरै संस्थाहरु छन् । यी संस्थाहरुको माग नै सरकारले श्रष्टाहरुको बौद्धिक सम्पत्तिलाई न्याय दिन सकोस् भन्ने नै हो ।

प्रतिलिपी अधिकार ऐनले सबै श्रष्टाहरुलाई अधिकार दिएको छ । अघिल्लो वर्ष बजेट वक्तव्यमा प्रशासनीक शब्द जोडिएर आएको थियो । यस वर्ष कानुनी तथा व्यबस्थापकीय शब्द जोडिएर आएको छ । एकै वाक्यमा आएका यी २ शब्दले आफूहरुका मागको प्रतिनिधित्व गरेको संगीतकर्मी तथा उनीहरुका संघसंस्थाहरुको बुझाई छ । तर अहिलेपनि संगीतकर्मी आन्दोलन मै छन्, उनीहरुका माग अझै पूरा भएका छैनन् । बौद्धिक सम्पत्तिमाथी हुने प्रतिलिपी अधिकार हननका घटना अहिलेपनि सुनिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved