नेपालमा लगानी गर्न बिश्वभरका लगानीकर्तालाई उपाध्यक्ष ढकालको आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 08:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्रािष्ट्रय श्रम सम्मेलनको १०७ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले आज संवोधन गरेका छन् । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा छन् । उक्त अधिवेशनमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेन्द्र कुमार खड्का र महासंघका उपमहानिर्देशक हंसराम पाण्डेले समेत भाग लिइ रहेका छन्र  । सम्मेलन आगामी जुन ८ तारिखसम्म संचालन हुनेछ ।

संवोधनका क्रममा ढकालले अहिलेको विश्वको साझा चुनौती भनेकै दीगो समावेशी आर्थिक विकास, गरिवी निवारण, रोजगारी सृजना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनिकरण गर्नु पर्ने कुरामा जोड दिदै आधुनिक प्रविधिको प्रयोगले श्रम बजारमा नयाँ शीपयुक्त जनशक्तिको माग बढ्दै गएको कुरा उल्लेख गरे  ।

सभापति ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह समेत गरे । दीगो सरकार निर्माण भई राजनीतिक स्थायित्व समेत प्राप्त गरेकाले नेपाल लगानीका लागि महत्वपूर्ण गन्तव्यको रुपमा विकास भैरहेको समेत उनले स्पष्ट पारे  । श्रमिकहरुको सामाजिक सुरक्षा सहितका विषयलाई समेटेर नेपालमा नया“श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन आएकाले औद्योगिक विकास तथा प्रवद्र्धनका साथै श्रमिकहरुको हितका लागि समेत उक्त ऐन महत्वपूर्ण रहेको स्पष्ट पारे   । साथै उनले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर बन्दै गएको समेत विश्व  जानकारी गराए   ।

आर्थिक विकासको प्रतिफल देशको तल्लो तहका जनतासम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकासमा नेपाली निजी क्षेत्रको जोड रहेकोधारणा राखे । सम्बोधनका क्रममा ढकालले नेपालको आर्थिक तथा प्राविधिक क्षेत्रमा आइएलओको सहयोगको खा“चो समेत औल्याए  ।

अन्तराष्ट्रिय श्रम सम्मेलनमा विश्वका १८० भन्दा बढी देशका सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागिता रहेको छ । सोही अवसरमा उपाध्यक्ष ढकालले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षहरु बारेमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसँग विस्तृत विचार विमर्श गर्नु हुने कार्यक्रम छ । साथै उनले अन्तराष्ट्रिय श्रम संगठन र अन्तर्रािष्ट्रय रोजगारदाता संगठन  का पदाधिकारीहरुसँग समेत भेटघाट एवं छलफल गर्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved