सिद्दबाबामा पहिरो, बुटवल-पाल्पा सडकखण्ड अबरुद्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 07:39:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक फेरि अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले पहिरो हटाउन कठिनाइ भएको दोभानका स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेले बताए  । राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । 

यसअघि पनि राजमार्गको सो क्षेत्रमा दुई पटकसम्म पहिरो खस्दा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved