अब ११ र १२ मा ७ वटा बिषय पढ्नु पर्ने, नेपाली सहित ४ बिषय अनिवार्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 01:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अब ११ र १२ मा विद्यार्थीहरुले ७ वटा बिषय पढ्नु पर्ने भएको छ  शिक्षा मन्त्रालयले नेपालको संविधान, शिक्षा ऐन र नियमावली अनुरुप हुने गरी पारित गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा यस्तो ब्यबस्था गरिएको हो । यसले कक्षा ११ र १२ लाई एकल पथीय बनाएको छ । अब कक्षा ९ र १० मा ५ बटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने  छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय हुने छ । त्यस्तै कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रजी, सामाजिक अध्ययन र जीवनउपयी शिक्षा गरि ४ विषय अनिवार्य रहने छ ।  कक्षा ११ र १२ मा ३ विषय ऐच्छिक रहने  छ । 

आज  शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयको प्रगति विवरण सार्बजनिक गर्ने क्रममा यस्तो जानकारी दिएका हुन् । 

मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा अवलम्बन गरिने विकासको दृष्टिकोण निर्माणको प्रारम्भिक प्रस्तावको रुपमा ५ बर्षे मार्गचित्र  निर्माण गरी काम अगाडि बढाएको थियो । साथै मन्त्रालयले हरेक महिना आफ्नो गतिविधी सार्वजनिक गर्ने प्रतिवद्धता गरेका थियौ ।  

सोहि अनुसार मन्त्रालयले आज प्रगति विवरण सार्बजनिक गरेको हो । 

जस्ताको तस्तै हेर्नुस के के छन् मन्त्रालयका प्रगति ?

१) नेपालको संविधान, शिक्षा ऐन र नियमावली अनुरुप हुने गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ पारित भएको छ । यसले कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । कक्षा ९ र १० मा ५ बटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था भएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय व्यवस्था मिलाएइको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रजी, सामाजिक अध्ययन र जीवनउपयी शिक्षा गरि ४ विषय अनिवार्य रहने व्यवस्था भएको छ ।  कक्षा ११ र १२ मा ३ विषय ऐच्छिक रहनेव्यवस्था भएको छ । 

२) “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका साथ सञ्चालित विद्यालय बाहिर रहेका बालबालिकालाई बिद्याललयमा भर्ना गर्ने अभियान सम्पन्न भएको छ । यस अभियानबाट विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ ९५ देखि ९ वर्ष उमेर समूहका० ८८,२०७ मध्ये ७६,६५७  र कक्षा १ देखि ८ ९५ देखि १२ बर्ष उमेर समूहका० ३,१३,२८९ मध्ये २,५३,५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन । यस अभियानमा कुनै पनि कारणले अहिले पनि विद्यालय बाहिर रहेका बालवालिका भर्नाको दोस्रो चरण प्रारम्भ गर्न मन्त्री परिषदमा प्रस्ताव लगिएको छ  ।

३) नेपाल सरकारको कार्यविभाजन नियमावली अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गठन भएपछि यस मन्त्रालयको र मन्त्रालय अन्तर्गतका केन्द्रिय निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी अस्थाई संगठन संरचना स्वीकृत भएको छ । मन्त्रालयको संरचनाम ७ वटा महाशाखा रहेका छन । पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायको रुपमा रहने गरी मन्त्री परिषदवाट स्वीकृत भएको छ ।

४) “हामी सबैको प्रण, सार्वजनिक शिक्षाको रुपान्तरण” भन्ने नाराका साथ सार्वजनिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर सुधारको लागि सार्वजनिक विद्यालय सुधार प्रारुप तयार गर्न कार्यदल गठन भई प्रतिवेदन प्राप्त भएको छ ।  केहि दिनमा सार्वजनिक बिद्यालय सुधार योजना सार्वजनिक गरिने छ ।

५) प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्को बैठक बसी विद्यमान कानुनी व्यवस्थाको समीक्षा गरी प्राविधिक तथा व्यावसायिक शिक्षाको नीतिगत तथा संस्थागत रुपान्तरणको प्रस्ताव तयार पार्न एक कार्यदल निर्माण गरी कार्यसम्पन्न गरिसकेको छ । प्राविधिक शिक्षामा लिइने शुल्क सम्बन्धी व्यवस्था र छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिहरुले निश्चित अवधिसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा सुझाव दिन गठित दोस्रो कार्यदलले कार्य अघि बढिरहेको छ ।

६) विदेशी शिक्षण संस्थाबाट संवन्धन लिई सञ्चालित विद्यालयलाई व्यवस्थित गर्ने सम्वन्धमा अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन भई कामलाई अगाडि बढाएको छ ।

७) स्थानीय शिक्षाको नमुना कानुन तयार भएको छ ।

 ८) संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्री परिषदबाट सैदान्तिक सहमति प्राप्त भएको छ । 

९) शिक्षाको अधिकार सम्बन्धी बिधयेक तर्जुमा गर्न मन्त्री परिषदबाट सैदान्तिक सहमति प्राप्त भएको छ ।  

१०) विश्वविद्यालयका उपत्यकाका सञ्चालित रहेको सम्पर्क कार्यलयहरु असार मसान्त भित्र खारेज गर्न आवश्यक निर्देशन गरिएको छ ।

१०) एसीया प्रशान्त क्षेत्रिय वाल बिकास सञ्जाल ९आर्नेक०को सम्मेलनको तयारी पुरा भएको छ । यसबारे विस्तृत जानकारी पछि उपलब्ध गराइने छ । 

११) विदुशी योगमाय आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved