मन्त्रिपरिषदमा हेरफेर: यादव र पोखरेल उपप्रधानमन्त्री, बास्कोटा 'फुल मन्त्री'मा बढुवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 07:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै थिए भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री थिए । यादव भने आज मात्र नियुक्त भएका हुन् । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले भण्डारीले आजै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बास्कोटालाई राज्यमन्त्रीबाट बढुवा गरेकी हुन् । नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध छन् । यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved