शुक्रबार पनि गयो भूकम्प, पछिल्ला ९ दिनमा ४ पटक धक्का महशुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 02, 2018 | 09:40:00 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । राति ९ बजेर ७ मिनेटको समयमा दोलखा केन्द्र बनाई ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस संगै पछिल्ला ९ दिनमा ४ पटक भूकम्पको धक्का महशुस भएको छ । जेठ १० गतेदेखि जेठ १८ गतेसम्मको अवधिमा ४  पटक ४ म्याग्नेच्युडभन्दा ठुलो भूकम्पको धक्का महशुस भएको हो । यो सबै २०७२ साल बैशाख १२ गते गएको भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

जेठ १० गते बेलुका ८ बजेर १० मिनेटमा दार्चुला केन्द्र भएर भूकम्प गएको थियो । यसको तिब्रता ४.६ म्याग्नेच्युड थियो । त्यस्तै जेठ १७ गते बेलुका ९ बजेट ४५ मिनेटमा दैलेख केन्द्र भएर भूकम्प गएको थियो । यसको तिब्रता ४.३ म्याग्नेच्युड थियो ।  त्यस्तै आज जेठ १८ गते बिहान २ बजेर १७ मिनेटमा गोरखा केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गयो ।  यी पछिल्ला २ भूकम्प केवल ५ घण्टा को अन्तरमा महशुस भएका हुन् । 

२०७२ साल बैशाख १२ गते गएको भूकम्प पछि ४ वा सो भन्दा बढी म्याग्नेच्युडका ४ सय ९५ परकम्प महशुस भएका छन् । भुगर्वविदका अनुसार ठुलो भूकम्प गएपछि परकम्प आउनु सामान्य प्रक्रिया हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved