तेल, दाल तथा गेडागुडीको मूल्य बढ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 03, 2018 | 10:18:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७५-७६ को बजेटले तेल, दाल तथा गेडागुडीको मूल्य बढ्ने भएको छ। अर्थमन्त्री ड़ा युबराज खतिवडाले प्रस्तुत गरेको बजेटमा यस  अघि तोरीको तेलमा दिइदै आएको ४० प्रतिशत मु.अ कर छुट सुविधा हटेसंगै तेलको मुल्य बढ्ने भएको हो। 

नेपाल चामल, तेल, दाल उद्योग संघका अनुसार तोरीको गेडा आयातमा समेत भन्सार महसुल बढाइएकाले अब तेलको मूल्य बढ्ने भएको हो। संघका अनुसार अब प्रतिलिटर तोरीको तेल करिब १५ रुपैयाँले बढ्नेछ।  

त्यस्तै दाल तथा गेडागुडीमा भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ। यसले मूल्य बढ्ने संघको भनाइ छ। नेपाल तोरी र तेलमा भारतनिर्भर रहँदै आएले मुल्य बढेसंगै अनाधिकृत रुपमा तेल भित्रिन सक्ने संघले चिन्ता जनाएको छ। 

तयारि दाल र कच्चा पदार्थमा समान दर भएकाले भारतबाट तयारि दाल आयात बढ्ने भन्दै संघले तयारी दाल र कच्चा पदार्थमा दुई तहको कर निर्धारण हुनुपर्नेमा जोड दिएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved