निर्वाचन प्रणाली परिवर्तन गर्दै कार्यकारी राष्ट्रपति : प्रचण्ड

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 03:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकको वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले राज्यको साधन स्रोत र आर्थिक अबस्थाले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल सुरु भएको र शासकीय स्वरुपमा समेत परिमार्जन हुने बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा सहमतिको नजिक पुगेको स्मरण गर्दै दोस्रो संविधानसभामा तत्कालका लागी अहिलेकै पद्धतिअनुसार निर्वाचनमा जाने भन्ने तय भएको र सोही अनुसार चुनाव भएको बताए । 

अध्यक्ष प्रचण्डले नेकपा प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको र सरकारको पक्षमा अहिले दुई तिहाइ बहुमत समेत रहेको उल्लेख गर्दै जनता र पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘अहिले बीचैमा यो कुरा ल्याएर देशलाई समृद्धि एवम् विकासमा लैजानेतर्फ अलमल पार्न नहुने तर निर्वाचन आउनुभन्दा केही समयअघि यो विषय आउने छ ।’ 

अध्यक्ष प्रचण्डले प्रदेश र स्थानीय तहलाई सम्पूर्ण रुपमा जिम्मा दिनका लागि पूर्वाधार तयार भइनसकेको अवस्थामा बजेट तय गर्दा त्यहाँ केही कमी रहे पनि आगामी वर्षमा क्रमशः बजेट बढ्दै जाने बताए । 

अहिलेको मर्यादाक्रम व्यावहारिक नरहेको भन्दै उनले नयाँ मर्यादाक्रमका सम्बन्धमा सहमति भइसकेको र त्यो चाँडै सार्वजनिक गरिने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved