इन्धनको मुल्य बढेपछि हवाई भाडा पनि बढ्यो, कहाँको भाडा कति बढ्यो ? (सुचिसहित )

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 04, 2018 | 04:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाई इन्धनको मुल्य बढेसंगै निजि वायुसेवा संचालकहरुले आन्तरिक हवाई भाडा बढाउने भएका छन। हवाई इन्धनको मुल्य बढेसंगै बायुसेवा संचालक संघले मंगलबारदेखि लागू हुने गरि भाडा बढाउने निर्णय गरेको हो।

इन्धनको मुल्यमा ४ रुपैयाँ तलमाथि हुँदा हवाई भाडामा लाग्ने इन्धन शुल्क वृद्धि गर्ने व्यवस्था अनुसार वायुसेवा संचालकहरुको संघले मंगलबारदेखि  हवाई भाडा बढाउन नागरिक उड्डयन प्राधिकरणमा गरेको प्रस्ताब स्वीकृत भएको छ। यससंगै मंगलबारदेखि हवाई भाडा बढ्ने भएको छ।

मंगलबारदेखि कार्यान्वयन हुनगरी २२० रुपैयाँसम्मको भाडा बढाउन प्रस्ताव गरिएको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ र अन्तराष्टियतर्फ प्रति केएल ७५ डलरले मुल्य बढाएको थियो।

हवाई जहाज उडानमा इन्धनको लागत ४० प्रतिशत हुने मानिन्छ। त्यसैले सरकारले तोकेको भाडादरमा सो शुल्क तलमाथि हुँदा भाडामा पनि तलमाथि हुने गर्छ। सरकारले तोकेको हवाई भाडा स्थिर भएपनि इन्धन शुल्क भने परिवर्तित हुन्छ।  

सरकारले तोकेको सुत्रअनुसार कुनैपनि रुटमा उडान भर्दा लाग्ने इन्धन र त्यसमा बढेको मुल्यले हिसाब गर्दा आउने मुल्यलाई समायोजन गरिछ। सोहि अनुसार नै भाडा बढाउन प्रस्ताब गरिएको बायुसेवा संचालक संघको भनाई छ।यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फुयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल गरि तीनवटा शिर्षक हुन्छन।   

बढेको भाडा अनुसार काठमाडौं धनगढीको भाडा २२० रुपैयाँले बढेर अब १२ हजार ८७० हुने भएको छ सुर्खेतको भाडा १७५ ले बढेर ८ हजार ६७५ पुगेको छ। 

कहाँको भाडा कति ?  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved