बीपी राजमार्गमा ठूला गाडी चल्न दिने निर्णय तत्काल कार्यान्वय नगर्न सर्वोच्चको आदेश

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 05:18:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी सञ्चालन गर्न दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बीपी राजमार्गमा ठूला गाडी सञ्चालन गर्ने दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले यस्तो अनुमति दिनु पर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ । यही जेठ १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीपी राजमार्गमा१८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने निर्णय उल्ट्याउदै ३२ सिट र १६ टन क्षमता भएका ठूला गाडीका लागि रुट इजाजत दिने निर्णय गरेको थियो । 

जिर्ण बन्दै गएको बिपी राजमार्गमा ३२ सिट क्षमता भएका ठूला गाडीका लागि रुट इजाजत दिने निर्णय हानिकारक भएको र यातायात व्यवसायीको दबाबमा नै मन्त्री रघुबीर महासेठले ठुला गाडी चल्न दिने निर्णय गरेको भन्दै आलोचना भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved