भाटभटेनी समुहको लगानी रहेको काठमाडौँ स्टिलको इजाजतपत्र नै खारेज, एनएस पनि गुम्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 02:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ । विभागमा आज बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिए । उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धारित मापदण्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो । 

इजाजतपत्र नै खारेज भएपछि कम्पनीको एनएस चिन्ह पनि खारेज भएको छ  ।  अब यो कम्पनीको  उत्पादन पूर्ण रुपमा बन्द हुने, तथा बजारमा बिक्री वितरण समेत गर्न पाइने छैन । 

यो उद्योगमा भाटभटेनी समूहको लगानी छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved