लाभकर बारे राजश्व विभागको पछिल्लो निर्णय अबिलम्ब खारेज गर्न चेम्बरको माग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 02:58:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले पुँजीगत लाभकार गणना र असुल गर्नेबारे आन्तरिक राजस्व विभागको पछिल्लो निर्णय प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। साथै चेम्बरले उक्त निर्णय खारेज गर्न माग गरेको छ । चेम्बरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे उक्त ब्यबस्था कर सम्बन्धि स्थापित सर्बमान्य सिद्दान्त र अन्तराष्टिय प्रचलन तथा मुल्य मान्यता बिपरित भएकोले खारेज गर्न माग गरेको हो ।

आन्तरिक राजस्व विभागले हालै शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन निर्देशन दिएको थियो ।

शेयर लगानीकर्ताहरुले पनि यो बिधि खारेज नभएसम्म शेयर कारोबार नगर्ने भन्दै कारोबार ठप्प पारेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved