‘इद पर्व’मा सार्वजनिक विदाको माग गर्दै मुस्लिम विद्यार्थीले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 04:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मुस्लिम विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । सरकारले मुस्लिम समुदायको २ ठूला पर्व ईद र बकर ईदको विदा कटौती गरेको भन्दै यी २ पर्वहरुमा सार्वजनिक विदा दिन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले तत्काल निर्णय गर्न नसकिने भन्दै छलफल गरेर निर्णयमा पुग्ने आश्वासन दिएका छन् । मुस्लिम समुदायको पर्वका दिन सरकारले मुस्लिम समुदायको बाक्लो बसोबास रहेका ७ जिल्ला बाहेक अन्य जिल्लामा विदा नदिने निर्णय गरेको थियो । 

नेपालमा हिन्दु धर्म मान्ने समुदाय पछिको दोस्रो ठूलो जनसंख्या मुस्लिम धर्म मान्नेहरुको छ । यति हँुदाहुँदै पनि सरकारले आफ्नो समुदायको पर्वको दिन विदा नदिएर सिङ्गो समुदायलाई नै अपमान गरेको मुस्लिम विद्यार्थीहरुको आरोप छ । सरकारले आफूहरुको माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने संयोजक रहिम मियाद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाएईएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved