महासंघद्वारा लगानीकर्ता र सरकारबीच भएको सहमतिको स्वागत, स्थायी समाधान निकाल्न आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले पू“जीगत लाभकर गणनाका विषयमा सरकारको निर्णयबाट आन्दोलित शेयर लगानीकर्ताहरू र अर्थ मन्त्रालय बीच आज सम्पन्न वार्ता सफल भर्ई शेयर बजार खुला भएको विषयलाई अत्यन्त सकारात्मक रूपमा लिएको जनाएको छ । सरकार र लगानीकर्ताहरू बीच सम्पन्न बार्ताको सफल परिणामको स्वागत गर्दै महासंघले कुनै पनि निर्णय, सरोकारवालाहरूस“ग पर्याप्त छलफल गरेर मात्र ल्याउन सुझाव दिएको छ । छलफल गरेर ल्याईएको निर्णय मात्र बढी प्रभावकारी हुने धारणा महासंघले सार्बजनिक गरेको हो  । 

अत्यन्त कमजोर र प्रारम्भिक चरणबाट बिस्तारै एउटा स्थायी प्रणाली तर्फ अगाडी बढीरहेको नेपाली शेयर बजारलाई व्यवस्थित र मुलुकभरबाट कारोवार गर्न सक्ने एउटा बैज्ञानिक प्रणालीमा लैजान सरकारबाट विशेष सुधारको नेपाली पू“जी बजारले आशा गरेको समेत महासंघले उल्लेख गरेको छ । 

आगामी दिनमा सरोकारवालाहरूस“ग समेत पर्याप्त छलफल गरी पू“जी बजारलाई निर्वाध रुपमा अगाडी बढाउने र प्रविधिमैत्री बनाई एउटा स्थायी खालको समाधानको बाटो निकाल्न समेत महासंघ सरकार समक्ष विशेष आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved