जिम्मेवारीबिहिन बनेका निगमका प्रवन्ध निर्देशक खड्काले दिए राजीनामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 07, 2018 | 11:03:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका निर्देशक गोपाल खड्काले पदबाट राजिनामा दिएका छन। इन्धन भण्डारणको जग्गा खरिदमा भ्रष्टाचारको आरोप लागेका खड्काले आफुलाई जिम्मेवारीबिहिन बनाईएको भन्दै पदबाट राजिनामा दिएका हुन। 

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर खड्काले पदबाट राजीनामा दिए। कार्यकाल ६ महिना बाँकी हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरिएको बताएका छन। पत्रकार सम्मेलनको आयोजना गरिएपनि खड्काले पत्रकारको प्रश्नको जवाफ नदिई मन्त्री मातृका प्रसाद यादबलाई राजिनामा पत्र बुझाउन हिंडे।  

अनियमितताको आरोप लागेका खड्कालाई सरकारले बर्खास्त गरेपछि अदालतको आदेशले उनी पुनः फर्किएका थिए । तर वाणिज्य तथा आपूर्ति मन्त्रालयले खड्कालाई जिम्मेवारीविहीन बनाएको थियो। आफुलाई मन्त्रालयमा थन्काएर नौं महिनासम्म निगममा नाम मात्र झुण्ड्याइएको प्रति खड्काले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved