आयल निगमको नयाँ नेतृत्व चयन अब खुला प्रतिस्पर्धाबाट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 07, 2018 | 03:54:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगममा नयाँ नेतृत्त्वको चयन खुला प्रतिस्पर्धाबाट हुने भएको छ। उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादबले निगमको नयाँ नेतृत्व चयन खुला प्रतिस्पर्धा मार्फत गरिने बताए। 

निगमको तेल भण्डारण इन्धन भण्डारणको जग्गा खरिदमा भ्रष्टाचारको आरोप लागेका गोपाल खड्काले पदबाट राजिनामा दिएपछी मन्त्री यादबबाट यस्तो भनाई आएको हो।

'उहाँ (खड्का) आफैंले राजिनामा दिए वातावरण सहज बनाइदिनुभएको छ, अब निगममा खुला प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्छौं' खड्काले राजिनामा बुझाएको बिषयमा पत्रकारहरुसंग प्रतिक्रिया दिंदै मन्त्री  यादबले भने।     

आफुलाई मन्त्रालयमा थन्काएर जिम्मेवारीबिहिन बनाएको भन्दै खड्काले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आजै पदबाट राजिनामा दिएका हुन। ९ महिनामा त सन्तान पनि जन्मन्छ। तर मलाई यत्तिका अवधिसम्म भूमिकाविहीन बनाएर राखियो। त्यसैले राजिनामा दिएँ।’ खड्काले पत्रकार सम्मेलनमा भने।

अनियमितताको आरोप लागेका खड्कालाई सरकारले बर्खास्त गरेपछि अदालतको आदेशले उनी पुनः फर्किएका थिए । तर वाणिज्य तथा आपूर्ति मन्त्रालयले खड्कालाई निगमबाट तानेर मन्त्रालय झिकाएको थियो। हाल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईले सम्हाल्दै आएका छन्। 

 यससंग सम्बन्धित अघिल्लो समाचार  जिम्मेवारीबिहिन बनेका निगमका प्रवन्ध निर्देशक खड्काले दिए राजीनामा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved