प्रदेश प्रहरीको नेतृत्त्व डीआईजीले गर्ने, प्रहरीमा अब ५ एआईजी मात्र

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 07, 2018 | 09:20:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाएर ५ जना बनाउने निर्णय भएको छ। गृह मन्त्रालयले बिहिबार बसेको मन्त्रीस्तरीय निर्णयबाट प्रहरीमा ५ एआईजी मात्र राख्ने निर्णय भएको हो। 

मन्त्रालयले गरेको उक्त मन्त्रिस्तरीय निर्णयलाई मन्त्रिपरिषदमा लगिनेछ र त्यहाँबाट पारित भएपछि लागू हुनेछ। मुख्यालयमा २ जना, प्रहरी अस्पताल, महानगरीय प्रहरी आयुक्तको कार्यालय र तालिम केन्द्रमा १-१ जना राख्ने निर्णय भएको ग्रह स्रोतको भनाई छ।

बैठकले गरेको निर्णयपछि अब प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन्। यस अघि राजनीतिक भागबण्डा मिलाउनका लागि प्राविधिकसहित १६ जनासम्म एआईजी राख्ने निर्णय गरिएको थियो।      



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved