शनिबारदेखी कोरियन भाषा परीक्षा, कति हुँदै छन् सहभागी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2018 | 04:58:13 PM मा प्रकाशित

laxmi  sunrise bank

गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार सञ्चालन हुँदैछ । परीक्षामा ८२ हजार २ सय ६४ नेपाली युवाले सहभागीता जनाउने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । 

बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन गरिने परीक्षामा, परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगाडी नै परीक्षा केन्द्रमा उपस्थित नभए परीक्षामा सामेल नगराईने निर्देशक खनालले जानकारी दिए ।

काठमाडौमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र तोकिएका छन् । पोखरामा भने १२ हजार जनाले मात्र परीक्षा दिन पाउनेछन् । परीक्षाको जिम्मा भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच हुनेछ । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । 

गत चैत ९ गतेदेखि १७ गतेसम्म इपिएस नेपालले भाषा परिक्षा अवेदनको लागी अनलाईन आवेदन खुल्ला गरेको थियो । गत बर्ष ७५ हजार ५ सय ८० जनाले आवेदन भरेकोमा यसवर्ष ८२ हजार २ सय ६४ जनाले आवेदन भरेका छन् । 

इपिएस नेपालका अनुसार, कृषितर्फ ३० हजार १७९ जना पुरुष र ९ हजार ४६१ जना महिला गरि गरि ३९ हजार ६ सय ४० जनाको भाषा परिक्षा आवेदन परेको छ । यसैगरि उत्पादनमुलक तर्फ ४२ हजार ६२४ जनाको आवेदन परेको छ । 

कोरियाले यसपटक कुल ७ हजार १ जना उत्तीर्ण गर्ने  बताइको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि क्षेत्रमा र्२ हजार ३ सय कोटा निर्धारण गरिएको छ ।

भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved