मान्छेको बस्ने घर छैन, 'के' खुलामु्क्त ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 09, 2018 | 11:52:06 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संरचनागत संरचना बदलेर अर्थतन्त्रमा कायापलट ल्याइने बताएका छन। प्रदेश १ बाट विशेष सम्बोधन गर्दै ओलीले देशलाई गरिबीको अवस्थामा नहुने बताए। 

प्रधानमन्त्री ओलीले देशका जनतालाई खानलगाउन पुर्याउने जिम्मेवारी सरकारको भएको बताए। ‘अहिलेको सरकार देश विकासका निम्त्रि गम्भीर छ’ उनले भने । 

प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रम सहि ढंगले संचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे। 'यहाँ मान्छेको बस्ने घर छैन, खै के के खुला मुक्त ? भनेर की हुँदैन' ओलीले भने, 'घरै नभएको मान्छेलाई खुला मुक्त भनेर केहि हुन्छ ?'

‘नेतृत्व तथा कर्मचारीतन्त्रले आफूलाई सेवक नभई शासक थान्ने प्रवृतिले जनता गरिब भएका हुन्’ उनले भने । सही ढंगले गर्न सके देशको गरिबी अन्त्य हुन धेरै समय नलाग्ने प्रतिवद्वता व्यक्त गरे।  

व्यवस्थापन तथा दृष्टिकोण अनुपयुक्त भएकाले नेपाल पछि परेको भन्दै ओलीले प्रणालीमा परिवर्तन ल्याउने बताए । देशको जनसंख्या र भुगोल सानो भएपनि देशले आर्थिक विकासमा फड्को मार्न नसकेको बताए ।  

ओलीले अब जनताले अधिकारभन्दा पनि कर्तव्य पालना गर्ने बेला आएको बताएका छन् । राजनीतिक र सामाजिक समानातामा सफलता प्राप्त भइसकेको र अब देशको विकास, सुशासन र जनताको भलाईका लागि लाग्नुपर्ने बेला आएको बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved