डा. उपेन्द्र देवकोटालाई गोरखा लगियो, जन्मघरको पिढिमा सुस्ताउने इच्छा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 09, 2018 | 04:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वरिष्ट सर्जन ड़ा उपेन्द्र देवकोटालाई गृह जिल्ला गोरखा लगिएको छ। अस्पतालको आइसीयु कक्षमा मृत्युसंग लडिरहेका डा देबकोटालाई उनको इच्छा अनुसार नै पुर्खौली घर लगिएको परिवार स्रोतले जनाएको छ। 

‘आफु जन्मेको, हुर्केको, पढेको ठाँउ, गोठालो गएको, पानी पधेरो गएको गाँउलाई सायद अन्तिम पल्ट हुनु पर्छ, उहाँले हेर्ने इच्छा गर्नुभयो’ उनका भाई पर्ने प्रदिपचन्द्र देवकोटाले बिजपाटीलाई भने। 

पालुंटार नगरपालिकाको वडा नम्बर ४ स्थित पण्डित गाँउमा जन्मिएका डाक्टर देवकोटाले आँपपिपलको अमरज्योती माविमा पढेका थिए । एसियामै बरिष्ठ न्युरो सर्जनका रुपमा परिचित डाक्टर देवकोटाले गाँउको सिस्ने धाराको पानी खाएर जन्मघरको पिढिमा सुस्ताउने इच्छा ब्यक्त गरेको उनका भाईले बताएका छन। अहिले उनको गाँउ पण्डित गाउमा उनलाई भेट्न र हेर्न आफन्त र शुभचिन्तकको भिड लागेको छ ।

स्वास्थ्यमा सामान्य सुधार देखिएपछि गएराति भेन्टिलेटरबाट निकालिएका उनलार्इ अाज उनको पुर्ख्यौली घर लगिएको हो। वरिष्ट सर्जन ड़ा  देवकोटाको स्वास्थ्यबारे हिजो रातिदेखि नै सामाजिक सञ्जाल तथा केहि संचार माध्यममा हल्लाहरु चलिरहंदा उनलाई आज गोरखा लगिएको हो।  पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ड़ा देवकोटाको लामो समयदेखि उपचार चलिरहेको छ।









  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved