21 Jun, 2018 | ७ असार २०७५ | बिहिवार




Bizpati Reporter

Follow us on

यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

Posted on:June 10, 2018

citizen bank

सरकारले नेपाल प्रहरीमा तीन जना र सशस्त्र प्रहरीमा २ जना मात्रै एआइजीको दरबन्दी कायम राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयले प्रहरीमा तीन जना मात्रै एआइजीको दरबन्दी राख्ने भनी पेश गरेको प्रस्ताव स्वीकृत गरेको हो ।

यस अघि प्रहरीमा १५ जनासम्म र सशस्त्र प्रहरीमा ११  जनासम्म एआइजी थिए ।  

यस्तै बैठकले स्थानीय तहको लागि ३ हजार १ सय १ दरबन्दी स्वीकृत गरेको छ । स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आगामी आर्थिक वर्षभित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूति गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रबक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

बैठकले चीन सरकारलाई तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने स्वीकृति दिएको छ । चीन सरकारले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा पु;ल निर्माण गर्ने प्रस्ताव गरेको थियो । 

बैठकले नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय गरेको छ।

Share your thoughts!

Loading...

Trending