बजेटअनुसार मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुको जोड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 09:53:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५÷७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । नेपाल व्यवस्थापन संघले आइतबार आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व हुने सरकार बनेको कारण लगानीकर्ताको आकर्षण बढेको र उनीहरुलाई लगानी गर्न प्रोत्साहन मिलेको बताए । राजनीतिक अस्थिरता भएको विगतका वर्षमा पनि सात प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले यस आवमा आर्थिक वृद्धिदर आठ प्रतिशत हुने अपेक्षा गरिएको धारणा राखे । 
विदेशी सञ्चिति रु एक हजार ७२ अर्ब रहेको जानकारी दिँदै उनले अब आर्थिक क्रियाकलाप बढ्ने तथा रोजगारीको अवसर सिर्जना हुने बताए ।

पूर्व अर्थमन्त्री मधुकरशम्शेर राणाले देशको आर्थिक विकासका लागि सरकारको ध्यान जानुपर्ने औँल्याउँदै देशको आर्थिक विकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताए । 

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले वित्त कम्पनीको पुँजी बढेर हाल रु १८० करोड पुगेको जानकारी दिँदै सरकारले हालै ल्याएको बजेटले निजी क्षेत्रको व्यापक सहभागिता खोजेको उल्लेख गरे । 

कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, संघका महासचिव मोहनराज ओझालगायतले मौद्रिक नीतिबारे आफ्नो धारणा राखेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved