ललितपुरमा प्रहरीले गोली चलायो : ‘गुण्डा’ अशोक लामा घाईते

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 01:14:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरमा प्रहरीले अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि गोली चलाएको छ ।

विभिन्न अपराधको आरोपमा पक्राउ पर्दै छुट्ने गरेका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै हप्ता उठाउने गरेको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले जानकारी दिए । 

लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको हो । गोली लामाको दाहिने खुट्टामा लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ । 

लामालाई पक्राउ गर्दा दुई राउन्ड गोली र एउटा पेस्तोल बरामद गरिएको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । 

लामासँगै रहेका उनका २ जना साथी भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले पनि जवाफी गोली चलाएको थियो । दाहोरो गोली हानाहान हुँदा लामाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved