सरकारमा सहभागी हुँदै ‘राजपा’ महन्थ सभामुख बन्न तयार, महरा होलान त ब्याक ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 02:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारमा सहभागी हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएपछि राजपाले पनि तयारी थालेको हो । 

राजपाका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने जानकारी दिए । ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’ उनले भने ‘तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन् ।’ 

सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाइसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्नेवित्तिकै आफूहरु सरकारमा सहभागी हुने उनको भनाई छ । 

‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरुले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ’ उनले भने ।

‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो उनले थपे । 

यसैबीच महासचिव झाले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभाको सभामुख दिए जिम्मेवारी वहन गर्न तयार रहेको बताए । ‘यदि हामीलाई यस्तो जिम्मेवारी आउँछ भने हामी पछि हट्दैनौं’, उनले भने ।

यसअघि महन्थले उपराष्ट्रपतिमा दाबी गरेका थिए । महन्थले सभामुख निर्वाचित नभएको अवस्थामा संसदको पहिलो बैठकमा जेष्ठ सदस्यको नाताले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए । अहिले प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा छन् । महन्थलाई सभामुखमा भित्र्याएर महरा ब्याक होलान त ? त्यो हेर्न बाँकी नै छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved