हराएको भनिएको ३३ किलो सुन राजेन्द्र शाक्यको पसलबाट बरामद (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 12, 2018 | 02:59:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा अनुसन्धानका लागि गठन भएको गृह मन्त्रालय अन्तर्गतको छानबिन समितिले काठमाडौंको तीन सुन पसलमा छापा मारेको छ। 

हराएको भनिएको ३३ किलो सुन काण्डमा पक्राउ परी थुनामा रहेका न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । 

सोमबार बेलुका प्रहारीले सो स्थानमा छापा मारी तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ। अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै गरगहना नियन्त्रणमा लिएको समितिले जनाएको छ। छापामार्ने क्रममा तीन पसलबाट नौ करोड ३२ लाख ६८ हजार ५२८ रुपैयाँका सुन, हीरा र मोतीका गहना बरामद भएका छन् ।  

        

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved