18 Aug, 2018 | २ भदौ २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

ट्रम्प र किमबीच ४ बुँदें सम्झौता, यस्ता छन् सहमतिका बुँदा

Posted on:June 12, 2018

citizen bank

प्योंगयांगलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निश्शस्त्रिकरणका लागि प्रतिबद्ध तुल्याउने सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले हप्ताक्षर गरेका छन् । 

उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयां सम्बन्धको पनि वाचा गरेको छ । 

ट्रम्पकिम घोषणापत्रका मुख्य चार बुंदाको भावानुवाद यसप्रकार छ :

१) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयां अमेरिकी–उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन् ।

२) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायस्द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन् ।

३) सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउंदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ । 

४) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउंदछन् ।

सिंगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसंगको वार्ता कसैले अनुमान गरेभन्दा पनि सफल भएको प्रतिक्रिया दिए । उत्तर कोरियाली नेता किमले आफूहरु विगतलाई छोड्न सहमत भएको बताए । 


Share your thoughts!

Loading...

Trending