बिद्यार्थी र निगमबीचको बार्ता सकियो, पेट्रोलियम पदार्थको मूल्य घटाउन निगम सहमत

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 12, 2018 | 04:18:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्यमा पुनरावलोकन गर्न सहमत भएको छ । विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच मंगलबार भएको वार्तामा निगम मूल्य पुनरावलोकन गर्न सहमत भएको हो ।

विभागीय मन्त्री र निगम सञ्चालक समितिबीच छलफल गरेर निर्णय लिने निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए । ‘आवश्यक छलफल गरेर भोलिसम्ममा मूल्य पुनरावलोकनको बारेमा ठोस निर्णय गर्छु’, उनले भने, ‘म एक्लैले बढेको मूल्य फिर्ता लिइहाल्न सक्ने अवस्था छैन ।’ 

छलफलमा निगमका कार्यकारी निर्देशक भट्टराई, विद्यार्थी नेतृ एवं सांसद नविना लामा, रंजित तामाङ, ऐन महर, सुरेन्द्र बस्नेत लगायत सहभागि थिए । 

पछिल्लो पटक जेठ १९ गते बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११३, डिजेल र मट्टितेलको समान ९५ रुपैयाँ पुगेको छ । मूल्यवृद्धिको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved